काठमाडौँ। वेब सिरिज ’माई वाइफ इज एन एलियन’ निर्माण हुने भएको छ। साइन्स फिक्सन उक्त सिरिजको आज इन्डक्ल्याप गरिएको छ। त्यसैगरि आज सिरिजको ट्रेलर समेत सार्वजनिक गरिएको छ। प्रज्ञा जोशी प्रस्तुतकर्ता रहेको सिरिज नमस्ते टाकिज र सिनेमा हबको व्यानरमा निर्माण भएको हो।
सुमित सिंहको निर्देशन रहेको वेब सिरिजमा निर शाह, प्रज्ञा जोशी, बुद्धि तामाङ, गौरव पहारी, रिस्ता बस्नेत, सरोज दाहाल, मनिष दोलखाली, रविना वस्ताकोटी, तलिसा गुरुङ, आरजे सिंह आदि कलाकारहरुको अभिनय रहेको छ। निर्माता दिनेश श्रेष्ठ रहेको वेब सिरिजको लेखक सुमित सिंह र राजन महर्जन रहेका छन्।
वेब सिरिजको कार्यकारी निर्माता आरजे सिंह रहेका छन् भने छायांकन, सम्पादन र भिएफएक्स जोन राईले सम्हाल्ने छन्। ५ एपिसोडको सिरिजमा विकास चौधरीको संगीत रहेको छ।