बालकृष्ण खाँणलाई बयानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लगिँदै

काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले उच्च अदालतले धरौटीमा छाड्ने आदेश दिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई उपस्थित गराउन पत्र पठाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री समेत रहेका कांग्रेस नेता खाण गत बैशाख २७ गते पक्राउ परेका थिए ।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले ३० लाख धरौटीमा छोड्न आदेश दिएको थियो ।

जेलमुक्त हुने प्रक्रिया पुरा भएपछि खाणलाई विभाग लैजाने बताइएको हो ।

खाँणलाई बिहान १० बजे जिल्ला अदालत ल्याएर उच्च अदालतको आदेश अनुसार ३० लाख धरौटी बुझाउन लगाइने छ ।

त्यसपछि धरौटी पत्र बुझाएर कारागार मुक्त गराएसँगै उनलाई सम्पत्ती शुद्धीकरण विभाग लगिने बताइएको छ ।

खाँणलाई धरौटीमा छाड्ने या थुनामै राख्ने भन्ने विषयमा बयानपछि विभागले निर्णय लिने छ ।

यसअघि उच्च अदालतमा दुई न्यायाधीशहरूबीच राय बाझिएको थियो । न्यायाधीश जनक पाण्डेले खाँणलाई धरौटीमा छाड्नुपर्ने भनी राय दिएका थिए भने न्यायाधीश प्रकाश खरेलले थुनामा पठाउनुपर्ने राय व्यक्त गरेका थिए।

दुवै न्यायाधीशहरू बीचको राय बाझिएपछि तेस्रो न्यायाधीशको रायका लागि खाँणले दिएको निवेदन बिहीबार तेस्रो न्यायाधीश कोइरालाको इजलासमा पेस भएको थियो ।

तेस्रो न्यायाधीश कोइरालाले गरेको आदेशमा उल्लेख छ, ‘प्रतिवादी बालकृष्ण खाँण मिसिल संलग्न प्रमाणबाट प्रत्यक्ष रूपमा अभियोग दाबी बमोजिमको कसुरमा संलग्न रहेको अवस्थाको अभाव देखिँदा उच्च अदालत नियमावली २०७३ को नियम १२ (१) बमोजिम निवेदक बालकृष्ण खाँणबाट मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ र ७२ बमोजिम काठमाडौं जिल्ला अदालतबाट ०८०-३-१ मा थुनामा राखी पुर्पक्ष गर्ने गरी भएको आदेशलाई वेरितको देखिँदा बदर गरी रु ३०,००,००० (तीस लाख) रुपैयाँ नगद धरौट, जमानत वा बैंक जमानत लिई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्ने गरी मिति २०८०/०८/१५ मा भएको रायमा सहमतिको राय कायम गरिदिएको छ ।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×