विष्णु माझीको ‘चरी जेलैमा २’: आवरण नयाँ तर संगीत पुरानै

काठमाडौँ - तीज नजिकिंदै गर्दा केही दिनअघिसम्म एउटा भनाइ चल्तीमा थियो- विष्णु माझीको गीत नआउँदासम्म तीज आएको महसुस नै हुँदैन।

गत वर्ष उनको गीत ‘चरी जेलैमा’ ब्लकबस्टर मात्र बनेन, उनको वास्तविक जीवनसँग मेल खाएको बताइयो। गीतले खुबै चर्चासँग विवाद मित्याएको थियो। ‘चरी जेलैमा’ गीतले युट्यूमा ३ करोड ८० लाख भ्युअर पाएको थियो।

उनका श्रीमान् सुन्दरमणिकै संगीत र भिडियो निर्देशनमा माझीले उक्त ब्लकबस्टर गीत ‘चरी जेलैमा’को दोस्रो सिक्वेल ल्याएकी छन्। सपना म्युजिक इन्डिस्ट्रिजले ल्याएको गीत बुधबार बेलुका युट्युबमा रिलिज भएको छ।

केही शब्दबाहेक गीतको दोस्रो भागमा नयाँपन केही छैन। लय, संगीत र धुनहरु पुरानै छन्। अघिल्लो गीतमै शब्दहरु मिसमास गरेर ल्याइएको गीतमा दर्शक-श्रोताको प्रतिक्रिया पनि नयाँपन छैन भन्नेछ।

संगीतमा नयाँ प्रयोग नहुँदा दर्शक-श्रोताले नयाँपन महसुस गर्ने कुरै भएन। भिडियो कम्पोज र कोरियोग्राफी पनि दुरुस्तै भएकाले सामाजिक सञ्जालमा यसलाई लिएर आलोचना पनि भएको छ।


 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×