काठमाडौँ। पछिल्लो २४ घण्टामा २५९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार देशभर गरिएको ६ हजार ४७२ पीसीआर र ४ हजार १५ जनाको एन्टीजेन परीक्षणका क्रममा २५९ जनामा संक्रमण पुष्टि भएको हो। गत २४ घण्टामा ३३७ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ६ हजार २३७ पुगेको छ। सोहि अवधिमा ३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५५२ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितमध्ये ५ हजार ९९७ सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा देशभर ३ लाख २९ हजार ३२१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।