नेपाल चिनाउन ‘इम्याजिन नेपाल’

काठमाडौँ -  ट्राभल रियालिटी सो ‘इम्याजिन नेपाल’ प्रसारणमा आउने भएको छ।  वृत्तचित्र (डकुमेन्ट्री) बनाउन ७ जना भिडियो निर्माता निर्देशक टिम बीच प्रतिस्पर्धा हुने सोलाई दर्शकले वैशाख २२ गतेबाट हेर्न पाउनेछन्।

ट्राभल रियालिटी सोमा भूषण दाहाल मुख्य निर्णायकका रूपमा रहेका छन्। भने, सुरज सिंह ठकुरी होस्ट र प्रोडक्सन हेडको रूपमा देखिँदै छन्। यात्राका रोमाञ्चक कथाहरूसँगै १६ फरक एपिसोडको रूपमा टेलिभिजन मार्फत प्रसारणमा गरिने छ। 

 प्रत्येक निर्माताले आफ्नो तोकिएको प्रदेशका लागि उत्कृष्ट वृत्तचित्र (डकुमेन्ट्री) बनाउन प्रतिस्पर्धा गर्न आफ्नो ७ जनाको टोलीसँग नेपालका ७ प्रदेशको भ्रमण गर्नेछन्। र सोही ठाउँको वृत्तचित्र निर्माण गर्नेछन्।

प्रदेश १ बाट टिम सहाना, मधेस प्रदेशबाट टिम घुमन्ते, बागमती प्रदेशबाट टिम मानसी, गण्डकी प्रदेशबाट टिम दर्शन , लुम्बिनी प्रदेशबाट टिम किशोर, कर्णाली प्रदेशबाट टिम अबिन र सुदूरपश्चिम प्रदेशबाट टिम नेपाल फुडले यो जिम्मेवारी लिएका छन्। यसअघि पनि भुषणले ‘घुमघाम’ नामक सो ल्याइसकेका छन्। उक्त सोमा विदेशको रमणीय स्थानलाई प्रमोट गरिएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×