काठमाडौँ । आज (मंगलबार) अपराह्न संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गरिने सरकारको नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषदको बैठक जारी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो । सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । दिउँसो ३ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।