मैले संसदबाट जवाफ दिन पाउनु पर्छ : गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूमाथि लागेका आरोपबारेमा आफूले बोल्न पाउनु पर्ने अडान कायमै राखेका छन् ।

आज (सोमबार) सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी ओलीसँगको छलफलका क्रममा लामिछानेले कांग्रेसले सहकारी प्रकरणमा आफूमाथि लगातार आरोप लगाएकाले आफूले संसदबाट त्यसको जवाफ दिन पाउनुपर्ने अडान राखेका हुन् ।

बैठकमा कांग्रेसले संसदीय छानबिन समिति माग गरेको अवस्थामा मंगलबारको बैठक कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल भएको थियो । छलफलका क्रममा लामिछानेले कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा विरोध गरे आफूले पनि बोल्न पाउनु पर्ने अडान राख्ने बताए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×