मोरङको बुधनगरमा विराट राजाग्राम बनाइने

काठमाडौँ - मोरङको बुधनगर भेडियारीस्थित विराट राजाको दरबार भनिएको क्षेत्रलाई विराट राजा संरक्षित क्षेत्र बनाउन विराटनगर महानगरपालिकाले योजना अघि बढाएको छ।

त्यस क्षेत्रलाई ‘विराट राजा ग्राम’ नामाकरण गरिने र सो कार्यका लागि कम्तीमा १३९ बिघा जग्गा आवश्यक पर्ने महानगरपालिकाको दीगो विकास योजनामा छ। महाभारत, शिवपुराणजस्ता धार्मिक ग्रन्थमासमेत उल्लेख भए अनुसार गङ्गा सागरको उत्तर पूर्वी हिमाल छेउमा विराट राजाको दरबार उल्लेख भएकोले यो क्षेत्रमा रहेको भग्नावशेष, ऐतिहासिक एवं प्राचीन वस्तुले गर्दा त्यही क्षेत्र विराटराजाको दरबार हुनसक्ने महानगरप्रमुख भीम पराजुलीले जानकारी दिए। पाँच पाण्डव र द्रौपदीसमेत गुप्तवास बसेको सो ठाउँमा भगवान श्रीकृष्णले पनि पाण्डवलाई भेट्न आएको महाभारतमा उल्लेख छ भन्दै उहाँले यस क्षेत्रमा पर्यटकको ध्यान आकर्षित गराउन करिब रु. १० अर्ब खर्च लाग्ने बताए।

महानगरप्रमुख पराजुलीले महानगरपालिकाको स्रोतले मात्र नभइ सङ्घीय र प्रदेश सरकार समेतले यो क्षेत्रको विकास ध्यान दियो भने विराटनगर मात्र होइन नेपाललाई नै चिनाउन मद्दत मिल्ने विश्वास व्यक्त गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×