तीन जनालाई चार हजार डलरको पुरस्कार

काठमाडौँ - पत्रकार जीवराम भण्डारी, गायक नवीन पौडेल र कवि मनोज विश्वकर्मालाई चार हजार डलरको पुरस्कार प्रदान गरिने भएको छ। हेम-सरिता पाठक फाउन्डेसनले उक्त पुरस्कार आगामी पुस ११ गते प्रज्ञा भवन, कमलादीमा वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई दुई हजार अमेरिकी डलरसहित ‘टंकप्रसाद-रमादेवी पाठक पत्रकारिता पुरस्कार’बाट सम्मानित गर्ने भएको हो।

यसैगरी फाउन्डेसनले १ हजार अमेरिकी डलर राशिसहित चर्चित गायक नवीन पौडेललाई ‘हेम-सरिता पाठक अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार’बाट सम्मानित गर्ने भएको हो। 
त्यस्तै कवि मनोज विश्वकर्मालाई १ हजार अमेरिकी डलर राशिसहित भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कारबाट सम्मानित गर्ने भएको छ।

हेम-सरिता पाठक फाउन्डेसन नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीका अनुसार यी पुरस्कारहरू फाउन्डेसनका संरक्षक समाजसेवी हेम पाठक र सरिता पाठक (टेक्सस, अमेरिका)ले स्थापना गरेका हुन्। चेतना विकास र उत्प्रेरणाका लागि यी पुरस्कारहरु स्थापना गरिएका हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×