जर्जियाका पूर्व राष्ट्रपति साकाशभिलीद्धारा कारागारमै अनशन सुरु

एजेन्सी - जर्जियाका पूर्व राष्ट्रपति मिखाइल साकाशभिलीले कारागारमै अनसान सुरु गर्नु भएको छ। कारागारमै कैदी जीवन विताइरहनु भएका साकाशभिलीले आफूलाई पर्याप्त उपचार सेवा नदिइएको भन्दै अनशन सुरु गरेका हुन्। 

“मलाई पर्याप्त औषधी उपचार नगरिएकाले पर्याप्त औषधी उपचारको माग गर्दै मैले आजदेखि अनशन सुरु गरेको छु,” टिबिलिसी अदालतमा उनले सोमबार भने। स्वतन्त्र चिकित्सकहरूले आफूलाई पर्याप्त औषधी उपचार नपुगेको र तत्काल औषधी उपचार गर्नुपर्ने सुझाव दिएको उनको भनाई छ। 

जर्जियाको विपक्षी दलका नेता समेत रहनु भएका साकाशभिलीले यसअघि गतवर्ष पनि ५० दिनसम्म अनशन गर्नु भएको थियो। झण्डै पचास वर्षीय शाकासभिली सन् २००४ देखि २०१३ सम्म गरेर दुई कार्यकालसम्म लगातार जर्जियाको राष्ट्रपति बनेका थिए।

उहाँले सन् २०१५ को मेमा युक्रेनको नागरिकता समेत लिएकोमा दुई वर्ष अगाडि युक्रेनले उनको नागरिकता खारेज गरिएको घोषणा गरेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×