अन्नु र विवेक चौधरीले ल्याए ’गोरी तोरे प्यारमे’

काठमाडौं - थारु भाषाको गीत ’गोरी तोरे प्यारमे’ म्युजिक भिडियो सहित सार्वजानिक भएको छ । प्रेमिल शैलीको गीतमा चर्चित गायिका अन्नु चौधरी र विवेक चौधरीको सुमधुर स्वर सुन्न सकिन्छ । यस गीतमा शब्द, संगीत स्वयम गायक चौधरीको रहेको छ । गीतलाई सुरज श्रेष्ठले संगीत संयोजन गरेका हुन् ।

नेपालको हरेक युवा, हरेक गाऊको कथा समेटिएको म्युजिक भिडियोमा राज चौधरी र दिपिका चौधरी बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । ’सेबिल इन्टरटेनमेनट’ का प्रबन्धक समेत रहेका राज चौधरी यसै म्युजिक भिडियो मार्फत फेरी थारु फिल्म क्षेत्रमा फर्किएका छन् ।

रमेश चौधरीको छायाँकन र सम्पादन रहेको यस गीतको भिडियोलाई रजनिस चौधरीको निर्देशनमा तयार पारिएको हो । भिडियो ’सेबिल इन्टरटेन्मेण्ट’ नामक युट्युव च्यानल बाट सार्वजानिक गरिएको हो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×