काठमाडौँ। लोकप्रिय गायक शिव परियारले सामाजिक सञ्जालमार्फत जातिय विभेदसम्बन्धि केहि बताएका छन्। बुधबार उनले सञ्जालमा एक पोस्ट गर्दै आफ्नो धारणा राखेका हुन्। उनले जातिय गीतहरूमा सम्बन्धित जातिका कलाकारलाई खोजेर गायनका लागि प्रस्ताव गर्नु पनि जातिय विभेदको नमुना रहेको बताएका छन्।
सञ्जालमा उनले लेखेका छन् "जातिय बिभेद उन्मुलन तथा जातिय समताका लागि 'दुई शब्द कोरिने बित्तिकै त्यसलाई स्वरांकन गर्नका लागि परियार,नेपालि,बिश्वकर्मा नै थर भएका गायक गायिका मात्र खोजि गरि हिड्नु र गायनका लागि प्रस्ताव गर्नु वा यस बिषय संबद्ध गायनमा उनिहरुलाई मात्र संलग्न गराउँने सोच राख्नु पनि जातिय बिभेदकै एउटा शुषुप्त नमुना हो। जातिय समताका लागि जनचेतना जगाउँने गीत गैर उत्पिडित भनेर चिनिएका सम्प्रदाय सम्बद्ध गायक गायिकाले गाउदा झन यो बिषयमा अझ्झ जनचेतना फैलिन सक्दछ। जातिय बिभेद केवल एक सम्प्रदाय या जातिको मात्र समस्या नभई यो समग्र देशकै चेतनाको बिकाशको बाधक बनेको समस्या हो। यो समग्र नेपाल देशकै बिकाशको बाधक समस्या हो। सबैले बुझौं र सबैले यो निर्मुल पार्ने प्रेमिल अभियानमा आफुलाई आजै देखि सामेल गरौं।"