काठमाडौँ । सुनचाँदी बजारमा साताको पहिलो कारोबारदिन आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९३ हजार ४०० तोकिएको छ ।
अघिल्लो दिन प्रतितोला रु. ९२ हजार ७०० मा कारोबार भएको पहेंलो धातुको मूल्य आज प्रतितोला रु. ७०० ले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९२ हजार ९०० तोकिएको छ, जसको मूल्य गत शुक्रबार प्रतितोला रु. ९२ हजार २०० थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १० ले बढेर रु. एक हजार २७० पुगेको महासङ्घले जनाएको छ ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२९ डलर आसपास कारोबार भइरहेको छ ।