शिविरमा १७६ को स्वास्थ्य परीक्षण
-
|
-
मङ्सिर ८, २०७८
पोखरा। जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजना एवम् पोखरा नर्सिङ क्याम्पस र मेडिप्लस हस्पिटल एण्ड रिसर्च सेन्टरको सहयोगमा आज आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १७६ जनाको स्वास्थ्य परीक्षण गरिएको छ।
जिल्ला प्रशासन कार्यालय कास्कीको प्रङ्गणमा आयोजित शिविरमा सेवाग्राही, सरकारी कर्मचारीलगायतले स्वास्थ्य परीक्षण गराएको थियो। सेवाग्राहीको चाप भइरहने कार्यालयमा सामाजिक उत्तरदायित्वसमेत बोध गर्दै स्वास्थ्य शिविर आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए।
शिविरमा सेवाग्राहीले आफ्ना विभिन्न स्वास्थ्य समस्याको परीक्षण गराउनुभएको नर्सिङ क्याम्पस पोखराका बन्डी गुरुङले जानकारी दिए।