कांग्रेस प्रतिपक्षीमा बस्ने, प्रचण्डले गठबन्धन तोडेको देउवाको ब्रिफिङ

काठमाडौं– संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रतिपक्षीमा बस्ने भएको छ । माओवादी–एमाले गठबन्धन बनेसँगै कांग्रेस प्रमुख प्रतिपक्षीमा बस्ने भएको हो । 

अब आफूहरू प्रतिपक्षीको बेन्चमा बस्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि प्रमुख सचेतक लेखकले अब कांग्रेस प्रतिपक्षीमा बस्ने जानकारी दिएका हुन् ।

उक्त बैठकमा सभापति देउवाले प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले गठबन्धन तोडेको ब्रिफिङ गरेका लेखकले जानकारी गराए । 

‘बैठकमा सभापतिजीले प्रधानमन्त्रीले गठबन्धन तोडेको सुनाए । अब हामी प्रतिपक्षमा रमाउँछौँ,’ उनले भने ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×