वेल्सका मिडफिल्डर राम्से फ्रेन्च क्लब निसमा अनुबन्ध

काठमाडौँ - फ्रेन्च लिग वान क्लब निसले मिडफिल्डर आरोन राम्सेलाई अनुबन्ध गरेको छ। वेल्सका मिडफिल्डरलाई क्लबले फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो।

३१ वर्षीय मिडफिल्डरले फ्रेन्च क्लबसँग एक वर्षको लागि सम्झौता गरेका छन्। उनले सिजनको अन्त्यसँगै इटालियन क्लब युभेन्ट्स छाडेका थिए।

राम्से २०१९ मा इंग्लिस क्लब आर्सनलबाट युभेन्ट्स आएका थिए। तर, उनले अधिकांश समय लोनमा खेल्दै आएका छन्। गत सिजन स्कटिस प्रिमियरसिप क्लब रेन्जर्सबाट लोनमा खेलेका उनले ७ खेलमा २ गोल गरेका थिए।

युभेन्ट्सका लागि ४९ सिरी ‘ए’ खेलमा ५ गोल गरेका राम्सेले वेल्सका लागि ७५ खेलमा २० गोल गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×