पाँच वर्ष कास्टिङ देखायौँ, अब जित्यौँ भने फिल्म देखाउँछौँ : रेनु दाहाल

चितवन - भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयरकी उम्मेदवार रेनु दाहालले आफ्नो पाँच वर्षे कार्यकालमा टाउको झुकाउन नपर्ने गरी विकास गरेको बताएकी छन्।

सत्ता गठबन्धनले चितवनको भरतपुरमा आयोजना गरेको चुनावी सभामा उनले जनतासहित प्रतिपक्षसँगसमेत आँखा जुधाएर गर्व गर्न लायक ठाउँमा भरतपुरलाई पुर्‍याएको दाबी गरिन्।

आफ्नो कार्यकालमा आफूले विभिन्न राष्ट्रिय गौरवका आयोजना अघि बढाएको बताउँदै अब फेरि मेयरमा दोहोरिए ती पूरा गर्न प्रतिबद्धता उनले गरिन्। गएका पाँच वर्ष आफूले विकास निर्माणमा कास्टिङ मात्र देखाएको बताउँदै उनले अब जिते फिल्म नै देखाउने बताइन्।

उनले भनिन्, ‘‘यो पाँच वर्षमा भरतपुरमा महानगरमा एउटा कास्टिङ हामीले देखाइसकेका छौँ, अबको पाँच वर्ष कार्यकाल फेरि भयो भने पूरै फिल्म देखाउँछौँ।”

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×