काठमाडौँ। आइतबार राति घरेलु मैदानमा भएको खेलमा चेल्सीले म्यानचेस्टर युनाइटेडसँग १–१ को बराबरी खेल्दै १३ खेलबाट ३० अंक जोडेको छ। खेलको ५० औं मिनेटमा जाडोन सान्चोले गरेको गोलसँगै युनाईटेडले अग्रता लिएको थियो। तर,चेल्सीका तर्फबाट जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा पुर्याए। उक्त गोलसँगै चेल्सी इंग्लिस प्रिमियर लिगमा हारबाट जोगिएको छ। युनाइटेड १८ अंक सहित आठौं स्थानमा छ।