सहमतिपछि पनि व्यवसायीले सञ्चालन गरेनन् सार्वजनिक यातायात

आज पनि काठमाडौं उपत्यकामा यातायात व्यवसायीहरूले सार्वजनिक यातायात बन्द गराएका छन् ।

सरकारसँग सहमति भए पनि व्यवसायीहरुले उपत्यकामा गाडी सञ्चालन गरेका छैनन् । वार्तामा भएको सहमति कार्यान्वयनमा आउने पक्का भएपछि मात्रै बन्द फिर्ता गर्ने अडानमा व्यवसायी छन् ।

नेपाल यातायात व्यवासायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले विश्व ब्रह्माण्ड नै विश्वासमा बाँचेको तर एक वर्ष अगाडि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रीले यस सम्बन्धी नियमावली नल्याउने बचनमा विश्वास गर्दा अहिले धोका खाएकाले पुनः बन्दमा उत्रिनु परेको बताए । संघीय सरकारसँग आफूहरुको अविश्वास नभएको तर गण्डकी प्रदेश सरकारबाट प्रतिबद्धता नआएसम्म विश्वासको वातावरण नबनेकाले गाडी नचलाएको उनले बताए ।

सहमति पछि गाडी बन्द गर्ने सूचना जारी भए पनि उपत्यकामा सार्वजनिक यातायात फाट्टफुट्ट मात्रै चलेका छन् ।

सार्वजनिक सवारी साधन नचलेपछि यात्रुहरू मर्कामा परेका छन् । बालबालिका, ज्येष्ठ नागरिक र बिरामीहरू प्रभावित भएका छन् ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सेवासम्बन्धी नियमावली जारी गरेपछि त्यसको खारेजीको माग गर्दै यातायात व्यवसायीहरु आन्दोलित भएका हुन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×