भारत। बलिउड अभिनेता अजय देवगनको सुपरहिट चलचित्र 'रेड'को सिक्वल चाडै नै आउने भएको छ। यो कुराको पुष्टि स्वयम् चलचित्रका निर्माता कुमार मंगत पाठकले गरेका हुन्। अजय देवगन अभिनित चलचित्रको पहिलो सिक्वल २०१८मा आएको थियो। सत्यघट्नामा आधारित चलचित्रमा अजयले आयकर अधिकारीको भूमिका निभाएका थिए। चलचित्रको दोस्रो सिक्वलमा भारत कानपुरका व्यापारी पीयूष जैनको कथा देखाईनेछ। जसकोमा छापा मारेर करोडौ रुपैँया नगद, भारि मात्रामा सुन-चाँदी बरामद गरिएको थियो। हाल सिक्वलको तयारी चलिरहेको छ।