काठमाडौँ। भर्खरै आएको गीत ‘हजुर मुसुक्कै’ले दर्शकहरूबाट धेरै माया पाएको छ l गीतमा अभिनेता राजेश हमाल र अभिनेत्री निरुता सिंह करिब १२ वर्षपछि एकसाथ देखिएका छन्। अब निर्देशक जि.बि आग्रीले 'हजुर मुसुक्कै' शीर्षकमा चलचित्र बनाउने भएका छन्। केही दिन अघि आयोजना भएको पत्रकार सम्मेलनमा उनले चलचित्रको जानकारी दिएका हुन्। तर, चलचित्रमा म्युजिक भिडियोकै कलाकारहरुलाई राख्ने या अरु नै कलाकार राख्ने भन्ने निधो भने भइसकेको छैन। गीतको भिडियोमा अभिनेता राजेश हमाल , नायिका निरुता सिंह , प्रियाना आचार्य 'मुन्नी' झकेन बिसी, सुरवीर पण्डित, प्रिन्सी विश्वकर्मा र सन्तोष मग्रातीको अभिनय रहेको छ।