झापा - झापाको मेचीनगर नगरपालिका–७ मा मंगलबार मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका मेचीनगर–८ का १९ वर्षीय श्याम मगरको उपचारका क्रममा बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा मृत्यु भएको जनाइएको छ।
मे१०प २२३२ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका मगरलाई हिजो बेलुका करिब पौने ८ बजे ठक्कर दिएको थियो। मोटरसाइकलसहित चालक इलाका प्रहरी कार्यालय काँकडभिट्टाको नियन्त्रणमा छन्।