काठमाडौँ - अमेरिकाको डिसी महानगर क्षेत्रमा २ दशक देखि बस्दै आएका ९ पटक गिनिज बुक अफ वर्ल्ड रेकर्ड बनाउन सफल कराते खेलाडी उज्ज्वल ठकुरीलाई कराते विश्व प्रतियोगितामा कास्य पदक जित्न सफल भएका छन्। उनले अमेरिकाको प्रतिनिधित्व गर्दै उक्त पदक हात पार्न सफल भएका हुन्।
गत जुलाई २ देखि ७ सम्म फ्लोरिडा राज्यमा संचालन भएको विश्व कराँते प्रतियोगितामा उनि लगायत अन्य २ खेलाडीसहितले समूह भिडन्तमा तेश्रो स्थान हासिल गरेका छन्।
अमेरिकामा १० औ डब्लुयुकेएफ वर्ल्ड कराते च्याम्पियनसिप २०२२ फ्लोरिडाको फोर्थ लाउडरमा भएको थियो। उक्त प्रतियोगितामा इंग्ल्याण्ड प्रथम भएको थियो। प्रतियोगितामा ३४ राष्ट्रका १९०० खेलाडीहरुको सहभागिता रहेको थियो।