जनकपुरधाम । मधेस प्रदेशमा आज बुधवार बलिदानी दिवसको अवसरमा सार्वजनिक विदा दिएको छ ।
०६३ साल माघ ५ गते सिरहाको लहानमा रमेश महतोले सहादत प्राप्त गरेको दिनको स्मृतिमा प्रदेश सरकारले बलिदानी दिवस मनाउन लागेको हो । बुधबार बलिदानी दिवसको कार्यक्रम तय भएको लहान नगर समितिका अध्यक्ष दिनेश महतोले बताए ।
यसअघि मंगलवार पनि नाम र राजधानी पाएको खुशीमा प्रदेश सरकारले सार्वजनिक विदा दिएको थियो ।
सोमबार मात्र प्रदेशसभामा भएको मतदानबाट प्रदेशको नाम मधेस र स्थायी राजधानी जनकपुरधाम टुँगो लागेको थियो । यसैको खुशीयालीमा प्रदेश सरकारले मंगलवार सार्वजनिक विदा दिएको थियो ।