अन्नपूर्ण पदमार्ग पुनः सुनसान

काठमाडौँ । विश्व पर्यटन बजारका महत्वपूर्णमध्ये एक मानिने अन्नपूर्ण पदमार्गमा यतिबेला पर्यटक घट्दा पर्यटन व्यवसायी चिन्तित छन्। 

दुईपटकको कोरोनाले थलिएर विस्तारै माथि उठ्दै गरेको यस क्षेत्र अत्यधिक चिसो बढ्नुका साथै पुनः कोरोना जोखिम बढ्न थालेसँगै हप्ता–दश दिनअघिबाट पदमार्गमा आउने पर्यटक शून्यजस्तै भएका जनाइएको छ। पर्यटक नआउँदा आम्दानीको स्रोत ठप्प भएको उनीहरू बताउँदछन्। कोरोनाको लहर घटेसँगै विस्तारै लय लिँदै गरेको यस क्षेत्रमा दैनिक ५०–६० हाराहारीमा पर्यटक आउने गरे पनि पछिल्लो समय पर्यटकको सङ्ख्या ह्यात्तै घटेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले जानकारी दिए।

उनले भने, “कोरोनाले थला पारेर माथि उठ्दै गरेको यस क्षेत्र अब फेरि थला पर्न थालेको छ, अझै कहिलेसम्म कोरोनाले प्रभाव पार्ने हो, थाहा छैन तर लामो समयसम्म पदमार्ग सुनसान बनेमा पर्यटन व्यवसायीलाई ठूलो नोक्सान हुनेछ।” पैतीस हजारभन्दा बढी पर्यटन यस पदमार्गमा आउने गर्दछन्। यीमध्ये अधिकांश पर्यटन व्यवसायीको आम्दानीको मुख्य स्रोत पर्यटक तथा पर्यटन क्षेत्र रहेको छ। तर, कोरोनाले पर्यटक आगमन थप भएसँगै उनीहरूको आम्दानीसमेत नहुने हुँदा परिवारको दैनिकी गुजारा चलाउनलाई समेत समस्या हुने पर्यटन व्यवसायीको भनाइ छ।

अन्नपूर्ण पदमार्गका पर्यटन व्यवसयी लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ जगत्का पच्चबहादुर गुरुङले भने, “पर्यटकको चाप हुँदा दैनिक रु. ३०–४० हजार आम्दानी हुन्थ्यो, तर अहिले पर्यटक नआउँदा आम्दानी शून्य भएको छ।”

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×