काठमाडौँ - आफ्नो अन्तिम खेलमा पराजय बेहोरे पनि म्यानचेस्टर युनाइटेडलाई ठूलो राहत मिलेको छ। जारी प्रिमियर लिगको अन्तिम खेलमा युनाइटेड क्रिस्टल प्यालेससँग १-० ले पराजित भए पनि आगामी युरोपा लिग खेल्न सक्षम भएकाे हाे।
३७ औं मिनेटमा गोल खाएर पछि परेको युनाइटेडले खेल अवधिभर गोल फर्काउन सकेन। लिग समाप्तिपछि युनाइटेड छैंटौं स्थानमा रह्यो। युनाइटेडले ३८ खेलमा १६ ओटा खेल मात्र जितेकाे छ। १० ओटा बराबरी गरेको उसले १२ खेलमा हार बेहोर्यो। युनाइटेडले लिगमा विपक्षी टोलीमाथि जति गोल गर्न सक्यो उति नै गोल खायो।
लिगको सातौँ स्थानमा रहेको वेष्ट ह्याम ब्राइटनसँग पराजित हुँदा युनाइटेडको भाग्य चम्कियाे। वेस्ट ह्याम ब्राइटनसँग ३-१ ले पराजित भएकारे थियाे।
आजबाट लिगका सबै खेलहरू सकिएका छन्। शानदार जित निकाल्दै म्यानचेस्टर सिटीले लिग उचाल्दा लिभरपुर दोस्रो भयो। यससँगै आगमी च्याम्पियन्स लिगका लागि शीर्ष चार टोली पनि छानिएका छन्। सिटीसँगै लिभरपुल, चेल्सी र आर्सनल आगामी युरोपेली च्याम्पिन्स लिगका लागि छानिएका टोली हुन्।