तुलसीपुर आगलागी : सोचेभन्दा बढी मानवीय र भौतिक क्षति

दाङ( तुलसीपुरमा शुक्रबार भएको आगलागीको घटनामा ७ करोड मूल्यको भौतिक क्षति भएको प्रहरीले विवरण संकलन गरेको छ। पीडित परिवारले उपलब्ध गराएको सूचनाका आधारमा क्षतिको विवरण प्रहरीले संकलन गरेको हो। तीनतले घर र त्यहाँ रहेका जुत्ता चप्पलको गोदाममा आगलागी भएको थियो।

घटनामा पाँच जना व्यक्तिको मृत्यु भयो भने ठूलो मात्रामा भौतिक क्षति हुन पुगेको छ। मध्यरातमा भएको आगलागी नियन्त्रणमा लिन समस्या परेको थियो। तुलसीपुरको ‘ङ’ लाइनमा रहेको इरम फुटवेर तथा जुत्ता चप्पलको गोदाम घरमा आगो लागेपछि नियन्त्रणमा खटिए।

तर, सोचेभन्दा बढी मानवीय र भौतिक क्षति व्यहोर्नुपर्‍यो। आगो पूर्णरूपमा नियनत्रणमा लिएपछि मात्रै प्रहरीले पाँच जनाको शव बाहिर निकाल्न सफल भएको थियो। आफन्तले पोस्टमार्टमपछि शव बुझेर लगेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×