बाफ्टाको क्वालिफाइङ फेस्टिभलमा 'हल्कारा'

काठमाडौँ - विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्म 'हल्काराः द पोस्टम्यान' बाफ्टा (ब्रिटिस एकेडेमी फिल्म अवार्ड)को क्वालिफाइङ फेस्टिभलमा छनोटमा परेको छ। फिल्म बाफ्टाको 'कर्माथन बे फिल्म फेस्टिभल' अन्तर्गत छनोटमा परेको हो।

'हाम्रो फिल्म ब्रिटिस एकेडेमी (बाफ्टा) क्वालिफाइङ फिल्म फेस्टिभल कर्माथन बे फिल्म फेस्टिभलमा आधिकारिक छनोटमा परेको खबर साट्न पाउँदा अत्यन्तै खुसी छौं। मे १८ बेलुका ५ः३० बजे फिल्मको युके प्रिमियर हेर्नु होला,' निर्देशक सापकोटाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

गाउँमा खबर पुर्‍याउने एक पात्रको कथा प्रस्तुत गरिएको फिल्ममा अभिनेता महेश त्रिपाठी र विनिता थापामगरको मुख्य भूमिका छ। फिल्मलाई चाँडै नेपालका हलमा प्रदर्शन गर्ने तयारीमा रहेको निर्माण टिमले बताएका छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×