‘कांग्रेसमा भागबण्डा र गुटबन्दी अन्त्य भयो’

काठमाडौँ - नेपाली कांग्रेसका इलामका सभापति डम्बर खड्काले पार्टीमा गुटबन्दी र भागबण्डा अन्त्य भएको बताएका छन्।

बिहीबार इलाम नगरपालिकाको नगरस्तरीय क्षेत्रीय प्रतिनिधिको भेलालाई सम्बोधन गर्दै उनले अगामी  स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने प्रतिबद्धता जनाए। उनले भने, “कांग्रेसका सबै नेता कार्यकर्ता एकजुट भएर निर्वाचनमा लाग्नुपर्छ। हरेक वडामा आफ्ना उम्मेदवार विजयी गराउनुपर्छ।” फरक प्रसङ्गमा सभापति खड्काले ३६५ दिनमा ३६४ दिन कांग्रेस हुने तर एकदिन निर्वाचनमा अर्कैलाई मतदान गरी कांग्रेसलाई पराजय गराउनेलाई यसपटक कारबाही गरेरै छोड्ने बताएका हो। उनले भने, “कांग्रेसबाट छनोट भएका उम्मेदवारलाई जसरी पनि सहयोग गर्नुपर्ने पर्छ।”

पार्टीमा  गुट र  भागबण्डा केही हुन नदिने र अब सिङ्गो कांग्रेस बनाएर अघि बढ्ने उनको भनाइ छ।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×