दुई जलविद्युत् आयोजनाको सफल परीक्षण

काठमाडाैं । नौमुले  गाउँपालिकामा निर्माण भएका दुईवटा जलविद्युत् आयोजनाको सफल परीक्षण भएको छ ।

नौमुले  गाउँपालिका–३  द्वारीमा  निर्माण भएको   ३.७५   मेगावाट   क्षमताको   द्वारी जलविद्युत्  आयोजना र  सोही  गाउँपालिकाको वडा  नं.  ४  मा  निर्माण  भएको  ४.५  मेगावाट क्षमताको पदमखोला जलविद्युत् आयोजनाको सफल परीक्षण भएको हो ।

दुई  वर्षअघि  निर्माण  सम्पन्न  भएको द्वारी हाइड्रोपावर र भर्खरैमात्र निर्माण सम्पन्न भएको   पदमखोला   हाइड्रोपावरको   परीक्षण गरिएसँगै दैलेख अब अँध्यारोमुक्त हुने आशा पलाएको छ ।

द्वारी   र   पदमखोला   हाइड्रोपावरबाट उत्पादन   भएको   बिजुली   सिधै   राष्ट्रिय प्रसारणमा जान थालेपछि दैलेखका बासिन्दाले बत्तीको   सुविधा   पाउन   सकेका   थिएनन् । कम्पनीले  गरेको  विद्युत्  खरिद  सम्झौतामा समेत  आपतकालीन  अवस्थामा  आइसोलेसन (अफग्रिड)   मोडमा   विद्युत्   उत्पादन   गरेर जिल्लालाई  प्रदान  गर्नुपर्ने  प्रावधान  राखिएको छ ।

 त्यही  प्रावधानअनुसार  दुवै  आयोजनाले ग्रिड   लाइनमा   बत्ती   नआएको   बेलामा आइसोलेसन  मोडबाट  विद्युत्  उत्पादन  गरेर जिल्ला सदरमुकाम दैलेखमा वितरणका लागि परीक्षण  थालेका  थिए र  त्यसको  परीक्षण सफल भएको नेपाल विद्युत् प्राधिकरण, विद्युत् वितरण केन्द्र दैलेखले जनाएको छ ।

नेपाल  विद्युत्  प्राधिकरण  दैलेख  केन्द्र दैलेखका  प्रमुख  गौरव  पाण्डेले  कोहलपुर–सुर्खेत  लाइन  अवरुद्ध  हुँदा  दैलेखमा  समेत विद्युत्  अवरुद्ध  हुने  समस्या  अब  समाधान भएको बताए । गोरखापत्र दैनिकमा खबर छ । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×