काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलेले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई मंगलबार (जेठ १) मा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राष्ट्रिय स्वभिमान रक्षा गर्न सरकार सधैँ तत्पर रहेको बताए ।
उनले जलविद्युत कूल जनसंख्याको ९८ प्रतिशतमा विद्युत सेवा पुगेको बताएका छन् । ‘नागरिकमा आशा र भरोशा बढेको छ । अन्तर्राष्ट्रिय जगतलाई विश्वासमा राखिएको छ । छिमेकीसँगको द्वपक्षीय नीतिलाई छरितो बनाइएको छ,’ राष्ट्रपति पौडेलले सम्बोधनमा भने । लोकतन्त्रको सुदृढिकरण, संघीयता कार्यान्वयनसँग सम्बन्धित कानुन शीर्घ कार्यान्वयनमा ल्याइने उनले बताएका छन् ।