कामपाका जनप्रतिनिधिद्वारा पदबहाली गर्दै

काठमाडौँ - काठमाडौँ महानगरपालिकाsf नवनिर्वाचित प्रमुख, उपप्रमुख,वडाध्यक्ष सहित सदस्यले आज पदबहाली गर्ने भएका छन् । कामपाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का सुनिता डङ्गोल निर्वाचित भएका छन्।   

कामपाको ३२ वडामध्ये १९ मा नेपाली कांग्रेसका उम्मेदवार अध्यक्ष पदमा विजय हुनुभएको छ भने १२ वडामा एमालेकf उम्मेदवार अध्यक्ष पदमा विजय भएका छन् । वडा नम्बर १५ मा एकीकृत समाजवादीकf प्यानलसहित ईश्वरमान डङ्गोल विजय भएका छन् ।  

 गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको गणनाकार्य ३१ गते शनिबारदेखि सुरु गरी गत शुक्रबार प्रमुख उपप्रमुखसहितको अन्तिम मतपरिणाम सार्वजनिक गरिएको थियो । तीन लाख २४२ मतदाता रहेको कामपामा करिब एक लाख ९० हजार ९६२ ले मात्र मतदान गरेको जिल्ला निर्वाचन कार्यलयको भनाइ छ । यसमा सात हजार ६८२ मत पूर्ण बदर भएको बताइएको छ । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×