भारतीय दूतावासद्वारा बस र एम्बुलेन्स सहयोग

काठमाडौँ - काठमाडौँस्थित भारतीय राजदूतावासले मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ छोन्हुपमा रहेको श्रीपाल एवं नाम्ग्याल मोनोस्टिक गुम्बा (विद्यालय)लाई बस उपलब्ध गराएको छ। उक्त गुम्बामा १४ कोठे भवन निर्माण गरिदिएको दूतावासले मुस्ताङको घरपझोङ गाउँपालिकालाई एक थान एम्बुलेन्स पनि उपलब्ध गराएको छ। 

नेपालका लागि भारतका कार्यवाहक राजदूत नाग्या सि खाम्पाले शुक्रबार छोन्हुपमा गुम्बा उद्घाटन गर्नाका साथै वस र एम्बुलेन्स हस्तान्तरण गरेको उक्त गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले जानकारी दिए। तत्कालीन जिल्ला विकास समितिले विसं २०६८ मा ठेक्का दिएको उक्त गुम्बा निर्माण हुन ११ वर्ष लागेको थियो। 

जिल्ला समन्वय समितिका अधिकृत शिवकुमार पौडेलले पुरानो ठेकेदारले काम नगरेपछि सो ठेक्का रद्द गरेर अर्को ठेक्कामार्फत भवन निर्माणलाई पूर्णता दिइएको बताए। गुम्बालगायतको संरचना निर्माणमा करिब रु सात करोड खर्च भएको उनको भनाइ थियो। सुविधा सम्पन्न भवन निर्माण र बसको व्यवस्थाले गुम्बामा पढ्ने विद्यार्थीलाई आवतजावतमा सहज भएको छ। 

कार्यवाहक राजदूत खम्पाले मुस्ताङमा गुम्बा, तीर्थयात्री निवासलगायत संरचना निर्माणमा दूतावासमार्फत भारत सरकारले सहयोग गरिरहेको र यसबाट मुस्ताङको विकासमा सहयोग पुग्ने अपेक्षा गरे।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×