सुदूरपश्चिमको शानदार जित,लुम्बिनी एक सय रनले पराजित

काठमाडौँ - वाई वाई  यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत  सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित दर्ता गरेको छ। पहिलो खेलमा कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गरेको सुदूरले दोस्रो खेलमा आज लुम्बिनी प्रदेशमाथि १ सय रनको शानदार जित गर्दा गरेको हो।

सुदूरले दिएको १८१ रनको लक्ष्य पन्छाएको लुम्बिनी २१ ओभरमा ८० रनमा अलआउट भयो। उसका आकाश त्रिपाठीले २२, देव खनालले १३ र मनोज मगरले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

सुदूरका लागि आकाश चन्दले ३ ओभरमा १३ रन खर्चिदै ५ विकेट हात पारे। यस्तै हेमन्त धामीले ३ र कैलाश ऐरले १ विकेट लिए। त्यसअघि मुलपानी मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम ४९.५  ओभरमा  १८० रनमा समेटियो।

सुदूरपश्चिमका लागि दिपक बोहराले अर्धसतकीय पारी खेल्दै सर्वाधिक ५४ रन बनाए।  लुम्बिनीका बिशाल विक्रम केसीले ३, निर्मल गुरुङ र नर सार्कीले २/२ विकेट लिए।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×