काठमाडौँ - काठमाडौँको भृकुटीमण्डपमा भिषण आगलागि भइ रहेको छ। अझसम्म पनि आगलागि नियन्त्रण भइसकेको छैन। भृकुटीमण्डपको बजारसँगै रहेको ह्वीलचेअरको गोदाममा आगलागी भएको हो। आगलागी नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाको दमकलमात्र पर्याप्त नरहेका कारण प्रहरी र ललितपुरको दमकल पनि परिचालन गर्ने तयारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ।