बाँके । बाँकेका एक वडा अध्यक्ष नै लागु औषधको दुर्व्यसनीमा रहेको जानकारी आएको छ । उनी र अन्य तीन व्यक्ती ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
जिल्लाको बैजनाथ गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष ६४ वर्षीय रामचरण थारु तीन सय दश मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् । उनीसँगै २५ वर्षीय सुरज थारु, ३४ वर्षीय सुन्दर थारु र ३७ वर्षीय ध्रुवकुमार थारु सोमबार दिउँसो पक्राउ परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ । पक्राउ परेका वडाध्यक्षसहित चार जनाविरूद्ध घटना अनुसन्धानका लागि मंगलबार पाँच दिनको म्याद थप भएको बताइएको छ ।
प्रहरीका अनुसार वडाअध्यक्ष थारु पहिले देखि नै ब्राउन सुगर सेवन गर्ने गरेको गोप्य सूचनाका आधारमा उनी माथि प्रहरीले निगरानी गर्नै आएको थियो । त्यसै क्रममा एनटिभीको कार्यालय पछाडि पट्टी बसेर ब्राउन सुगर सेवन गरिरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।