काठमाडौँ। नेपाल बारको आन्दोलन विरुद्ध अनसन बसेकी सामाजिक अभियान्ता तारा बराललाई हिजो साँझ वीर अस्पतालको आकस्मिक कक्षमा पुर्याइएको छ । नेपाल बारले प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै गरिरहेको आन्दोलनको विरुद्धमा उनी आमरण अनसन बसिरहेकी थिइन् ।
नेपाल बारको आन्दोलन र एमसीसी विरुद्ध नारा, जुलुस र धर्ना गर्दै आएकी बराल एक साता देखि गुमनाम भइ अनसन बस्दै आएकी थिइन् । कात्तिक ३० गते भद्रकालीमा अनसन बस्न खोज्दा प्रहरीले हस्तक्षेप गरे पछि उनी चुपचाप विभिन्न माग राख्दै बिजुलीबजार स्थित एक घरमा अनसन बसीरहेकी थिइन् । स्वास्थ्यमा समस्या देखिएपछि हिजो साँझ वीर अस्पतालको आकस्मिक कक्षमा पुर्याएर उपचार थालिएको बताइएको छ ।
उनले र्वोच्च अदालतको इजलास तत्काल सुचारु गर्न,एमसीसी सम्झौता पूर्णरूपमा खारेज गर्न र महिला अभियन्तामाथि दुर्ब्यवहार र दुर्वचन लगाएका नेपाल बारका सदस्यहरुलाई कारबाहीको माग राखेर अनसन थालेकी हुन् । उनी कात्तिक ३० गते देखि नै गोप्यरुपमा अनसन बस्न थालेको बताएका छन् ।