नाइजेरियामा बस र ट्रक ठोक्किँदा १६ जनाको मृत्यु

नाइजेरिया । नाइजेरियाको उत्तरपूर्वी बाउची राज्यमा आइतबार तीव्र गतिमा गुडेको बस  र ट्रकमा  आपसमा ठोक्किँदा १६ जनाको मृत्यु भएको प्रहरीले सोमबार जनाएको छ ।
कानो–जामारे राजमार्गको बम्बल गाउँमा साँझ ७ बजे उक्त दुर्घटना भएको हो । बसमा सवार सबै १६ यात्रुले दुर्घटनामा ज्यान गुमाएको  प्रहरीले जनाएको छ । ट्रकमा ठोक्किएपछि बसमा आगो लागेको थियो । नाइजेरियामा सडक दुर्घटनाहरू प्रायः अत्यधिक यात्रु चाप, खराब सडक र लापरवाह ड्राइभिङको कारणले हुने गरेको बताइन्छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×