एजेन्सी। बेलायतले फ्रान्सेली माझीहरूलाई थप २३ वटा अनुमति पत्र दिने भएको माछा मार्ने अधिकारका विषयमा ब्रेक्जिटपछिको समस्याको समाधान गर्न पेरिसले तय गरेको समय सीमा एक दिनपछि शनिबार एक सरकारी प्रवक्ताले जानकारी गराएका छन्।
एजेन्सी। गत वर्ष हस्ताक्षर भएको ब्रेक्जिट सम्झौताअन्तर्गत दर्जनौं फ्रान्सेली माछा मार्ने डुङ्गालाई अनुमति पत्र प्रदान गर्न यूरोपेली संघले डिसेम्बर १० को समय सीमा तय गरेको थियो । यदि कुनै उपलब्धि आएन भने पेरिसले युरोपेली कानुनी कारबाहीको चेतावनी दिएको थियो।
बेलायती अधिकारीहरूले युरोपेली संघका समकक्षीहरूलाई भेटेपछि शुक्रबार राति लाइसेन्सहरू दिने सहमति जनाइएको प्रवक्ताले पुष्टि गर्दै प्रमाणपत्रमा आधारित दृष्टिकोणलाई पछ्याउँदै जहाजहरू बेलायतको पानीमा माछा मार्र्न योग्य हुने सुनिश्चित गरेका छन्।
पछिल्लो सम्झौताले स्थिरता प्रदान गर्ने हाम्रो मत्स्य पालनको स्थायित्व सुनिश्चित गर्नेछ। फ्रान्सले यसअघि आफ्ना १०४ वटा डुङ्गामा अझै पनि ब्रिटिस र च्यानल आइल्याण्डको पानीमा सञ्चालन गर्न लाइसेन्स को अभाव रहेको बताएको थियो जुन ब्रेक्जिट सम्झौता अन्तर्गत दिनुपर्ने थियो।
यस सम्झौताअन्तर्गत यूरोपेली संघका माझीहरूले आफू त्यहाँ माछा मार्ने गरेको प्रमाणित गर्न सकेमा बेलायती पानीमा काम गरिरहन सक्नेछन्।