काठमाडौँ - गएको सिजन रेलिगेशन हुनबाट बल्लतल्ल जोगिएको टिम हो इभर्टन। यस सिजन इभर्टनले बलियो खेल प्रदर्शन गनुपर्ने दबाब उत्तिकै रहेको छ। नयाँ खेलाडी अनुबन्ध गर्न क्लबले सोचेजस्तो चासो नदेखाएको फ्यानहरुले आरोप लगाएका छन्।
प्रशिक्षक फ्रांक लाम्पार्ड नयाँ फरवार्ड र डिफेण्डर अनुबन्ध गर्ने तयारीमा रहेको बताइएको छ। लाम्पार्ड यस सिजनको सुरुवातदेखि नै तनाव र दबाबमा रहेको समिक्षकहरु बताएका छन्।
मिडिया रिपोर्टका अनुसार कोरोना कोडीलाई लोनमा क्लबले अनुबन्ध गरेको छ। मुख्य डिफेण्डरहरु बेन गोडफ्रे र यारी मिना घाइते भएपछि क्लबले लोनमा उनलाई अनुबन्ध गरेको हो। उता फरवार्ड रिचार्लसन टोटनहममा अनुबन्ध भएपछि क्लब नयाँ फरवार्डको खोजीमा रहेको छ।
प्रिमियर लिगको पहिलो खेलमा चेल्सीसँग पराजित भएको इभर्टनले फरवार्ड अनुबन्ध गर्ने कुरामा विशेष चासो देखाउनु पर्ने समिक्षकहरुले बताएका छन्।
समिक्षक टिम सिरउडले भनेका छन्,‘आवश्यक पर्ने खेलाडीहरु बेलैमा अनुबन्ध गर्न नसके टिमले कठिन यात्रा तय गर्नु पर्ने देखिन्छ।’