पीएसजीका स्ट्राइकर एम्बाप्पे क्लब फुटबलमा फर्किए

काठमाडौँ - कतारमा भएको फिफा विश्व कप फुटबलमा गोल्डेन बुट जितेका फ्रान्सका खेलाडी केलियन एम्बाप्पे क्लब फुटबलमा फर्किएका छन्।

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर एम्बाप्पे प्रशिक्षणमा फर्किएका हुन्। एम्बाप्पेको टोली फ्रान्स विश्व कप फुटबलको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी शुटआउटमा ४-२ गोलले पराजित भएको थियो।

सन् २०१८ मा फ्रान्सलाई उपाधि जिताएका एम्बाप्पेले यसपटकको फाइनल खेलमा ह्याट्रिक गरेका थिए। तर उपाधि जिताउन सकेनन्। उनले कतार विश्व कप फुटबलमा कुल ८ गोल गरी गोल्डेन बुट जितेका थिए। त्यस्तै पीएसजीका फरवार्ड समेत रहेका लिओनल मेस्सीले ७ गोल गरी कतार विश्व कपमा गोल्डेन बल जितेका थिए।

फ्रान्सको लिग वानका खेलहरु अर्को हप्तादेखि सुरु हुँदैछन्। पीएसजीले अन्तर्राष्ट्रिय विश्रामपछिको पहिलो लिग खेलमा आउँदो बुधवार स्ट्रार्सबर्गसँग खेल्दैछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×