संगीत क्षेत्रमा गायक नितेशजंग कुँवरको कमब्याक

काठमाडौँ - युवापुस्तामाझ निकै लोकप्रिय गायक नितेशजंग कुँवरले करिब दुई वर्षअघि अचानक संगीत क्षेत्रबाट सन्यास लिएका थिए। आफ्नो उदाउँदो भविष्यका बीच उनले संगीत क्षेत्रबाट सन्यास लिने घोषणा गरेका थिए। त्यो बेला उनका प्रशंसक तथा स्रोताहरुले त्यस्तो कदम नचाल्न पनि आग्रह गरेका थिए।

अन्नतः २ वर्षपछि उनले आफ्नो सन्यास लिने निर्णयको पछाडिको कारण खुलाएका छन्। सँगै उनी आफ्नो निर्णयबाट पनि पछि हटेको जानकारी दिएका छन्। सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् कुँवरले सन्यास लिने निर्णयबाट पछि हटेको बताउँदै आफूले त्यो बेला किन र कसका लागि यस्तो कदम चालेको भन्ने विषय खुलाएका हुन्।

कुँवरले आफ्नो व्यक्तिगत कारणहरुले गर्दा सो निर्णय गरेको बताएका छन्। उनले लेखेका छन्, ‘म आफ्नो सांगीतिक यात्रालाई थप फराकिलो बनाउन चाहन्थें। तर, सोही महिना मेरो बुबाको निधन भएपछि मैले उक्त निर्णय लिएँ। बुबाको निधनले मेरो जीवनलाई विचलित बनाएको थियो।’

उनले त्यो बेला आफ्नो युट्युब च्यानलले पनि काम गर्न छाडेको जानकारी दिँदै समयले सबै पीडा निको बनाएको र आफ्नो प्रशंसकहरुमाझ माफी माग्नुपर्ने महसुस गरेको बताएका छन्। कुँवरले अब आफूले पुनः लक्ष्य लिएर काम गर्ने सोच बनाएको बताएका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×