बैंगलोरको प्लेअफ सम्भावना कायमै

काठमाडौँ - इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले जित निकाल्दै प्लेअफ सम्भावना कायमै राखेको छ।​ बैंगलोरले शीर्ष स्थानको गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदै प्लेअफको सम्भावना कायम राखेको हो।

अब बैंगलोरको प्लेअफ सम्भावना दिल्ली र मुम्बईबीचको आजको खेलले निर्धारण गर्नेछ।​ बैंगलोरको जितले कोलकाता, पन्जाब, हैदरावाद पनि औपचारिक रुपमा प्लेअफ होडबाट बाहिरिएका छन्। मुम्बईमा गुजरातले दिएको १६९ रनको लक्ष्य पछ्याएको बैंगलोरले १८ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्यो।

बैंगलोरको जितमा विराट कोहलीले ७३ रनको अर्धशतकीय पारी खेले। ५४ बल खेलेका उनले ८ चौका र २ छक्का प्रहार गरे। त्यस्तै कप्तान फाप डु प्लेसिसले ४४ रन जोड्दा ग्लेन म्याक्स्वेल ४० रनको योगदान गरेका थिए।​ ब्लिङतर्फ गुजरातका राशिद खानले २ विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर १६८ रन जोडेको थियो।​ गुजरातका लागि कप्तान हार्दिक पान्डयले अविजित रहदै ६२ रनको अर्धशतकीय पारी खेले। डेभिड मिलरले ३४ रन बनाउँदा रिद्दीमान शाहले ३१ रन जोडेका थिए।

बैंगलोरका जोश हाजलउडले २ विकेट लिए। त्यस्तै ग्लेन म्याक्सवेल र वानिन्दु हर्शरंगाले एक–एक विकेट लिएका थिए।​ यो जितसँगै बैंगलोरले १४ खेलमा १६ अंक जोडेर चौंथो स्थानमा उक्लिएको छ। यसअघि नै प्लेअफमा पुगिसकेको गुजरातले शीर्ष स्थानमा १४ खेलमा २० अंक जोडेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×