काठमाडौँ - प्रिमियर लिग फुटबलमा टोटेनहमले फुलहमलाई २-१ गोल अन्तरले हराएको छ। घरेलु मैदानमा शनिबार राति भएको खेलमा टोटेनहलाई जित दिलाउन पिएरे इमिल होएबिएर र ह्यारी केनले १/१ गोल गरेका थिए।
यता फुलहमका एलेक्सान्डर मिट्रोभिचले १ गोल फर्काएका थिए। खेलको ४० औं मिनेटमा होएबिएरले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाए। ७४ औं मिनेटमा केनले गोल गर्दै टोटेनहमलाई २-० गोलको अग्रता दिलाए।
फुलहमका लागि ८३ औं मिनेटमा मिट्रोभिचले १ गोल गरेपनि टोटेनहमले २१ गोलको जित निकाल्यो। यस जितसँगै टोटेनहम लिगको दोस्रो स्थानमा उक्लिएको छ।
टोटेनहमले ६ खेलमा १४ अंक जोडेको छ। फुलहम ८ अंक जोडेर १० औं स्थानमा रहेको छ।