अस्ट्रेलियालाई हराउँदै अर्जेन्टिना क्वाटरफाइनलमा

काठमाडौँ - कतारमा जारी फिफा विश्वकपको प्रि-क्वाटर फाइनलमा अस्ट्रेलियालाई पराजित गर्दै अर्जेन्टिना क्वाटर फाइनलमा पुगेको छ। शनिबार राति बिन अलि रंगशालामा भएको खेलमा अर्जेन्टिनाले अस्ट्रेलियालाई २-१ गोल अन्तरले पराजित गरेको हो।

अर्जेन्टिनाको जितमा कप्तान लियोनेल मेस्सी र जुलियान अलभारेजले समान १-१ गोल गरेका थिए। उता अस्ट्रेलियाका लागी अर्जेन्टिनाकै एन्जो फर्नान्डेजले आत्मघाती गोल उपहार दिएका थिए। यो जितसँगै अर्जेन्टिनाले सेमिफाइनल प्रवेशका लागी नेदरल्यान्डविरुद्ध खेल्नेछ।

शनिबार राति नै भएको अर्को खेलमा अमेरिकालाई ३-१ गोलले पराजित गर्दै नेदरल्यान्डसले क्वाटर फाइनलमा स्थान सुरक्षित गरिसकेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×