काठमाडौँ - बागमती प्रदेश सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ। थाइल्याण्डको एक कम्पनीसँग सहकार्य गरेर प्रदेशका विभिन्न स्थानमा तीनवटा रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय सोमबार बसेको बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले निर्णय गरेको स्रोतले जनाएको छ।
कारखाना स्थापना विषयमा कम्पनीसँग पनि छलफल भइरहेको पनि जनाईएको छ।