काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले अत्यावश्यक बाहेकका सेवाहरु भोलि (बिहीबार)देखि स्थगित गर्ने निर्णय गरेको छ ।
कोरोना संक्रमण बढ्दै गएको र कार्यालयका कर्मचारीहरु पनि संक्रमित भएको भन्दै प्रशासनले अत्यावश्यक बाहेकका सेवाहरु अनिश्चितकालका लागि स्थगित गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेकाे विज्ञप्तिमा आजबाट नागरिकता, नागरिकता प्रतिलिपि, संघ संस्था, नाबालक परिचय पत्र, राष्ट्रिय परिचय पत्र र राहदानी सम्बन्धी फाँटतर्फको सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाइएकाे छ ।
