काठमाडौँ - युईएफए नेसन्स लिग ए ग्रुप १ मा डेनमार्कले लगातार दोस्रो जित निकालेको छ। सोमबार राति भएको खेलमा डेनमार्कले अष्ट्रियमाथि २–१ गोल अन्तरको जीत निकालेको गरेको हो।
अष्ट्रियालाई पराजित गर्दा पिएरे इमिल होब्वजर्ग र जेन्स स्ट्रेगेर लार्सनले १–१ गोल गरेका थिए। घरेलु टोलीका साभिर स्कलाघेरले गरेको १ गोल सान्त्वना गोलमा परिणत भयो।
२८औं मिनेटमा पिएरे इमिल होब्वजर्गले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाए। ६७औं मिनेटमा साभिर स्कलाघेरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए। तर, खेलको ८४औं मिनेटमा जेन्स स्ट्रेगेर लार्सनले गोल गर्दै डेनमार्कलाई जित दिलाउन सफल भएका थिए।
दोस्रो जितसँगै डेनमार्क दुई खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। पहिलो हार बेहोरेको अष्ट्रिया ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।
फ्रान्स र क्रोएसिया समान एक अंक जोडेर तेस्रो र चौथो स्थानमा रहेका छन्।