काठमाडौँ। नेपाली चलचित्र 'चपली हाइट ३' पुस २ गते प्रदर्शनमा आउने भनिएता पनि हाल चलचित्रको प्रदर्शन मिती सारिएको छ। एक विज्ञप्तिमार्फत चलचित्रको प्रदर्शन मिती परिवर्तन गरिएको जानकारी दिइएको हो। अर्जुन कुमारले निर्माण र निकेश खड्काले निर्देशन गरेको चलचित्रमा आकाश बरालको पटकथा र संवाद, सुभाष भुसाल र अर्जुन कुमारको संगीत, पुरुषोत्तम प्रधानको छायाँकन र दीर्घ खड्काको सम्पादन रहेको छ। अर्जुन कुमार फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, प्रतीकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला आदि कलाकारहरुको अभिनय रहेको छ। पुष २ गते दक्षिण भारतीय चलचित्र ‘पुष्पा’ को हिन्दी डब र अंग्रेजी चलचित्र ‘स्पाइडर म्यान’ प्रदर्शनमा आउने भएपछी चलचित्रको प्रदर्शन मिती परिवर्तन गरिएको बुझ्न सकिन्छ। किनभने निर्माता अर्जुन कुमारले ‘पुष्पा’ को हिन्दी डब नेपाल आए ‘चपली हाइट ३’ प्रदर्शनमा नल्याउने घोषणा गरेका थिए। दक्षिण भारतीय चलचित्र र हलिउड चलचित्रका कारण आफ्नो चलचित्रले कम सो पाउने सम्भावना देखेपछी उनी पछी हटेका हुन्। अब चलचित्र पुष १५ गतेबाट प्रदर्शनमा आउनेछ।
.jpg)