गारेथ बेल अमेरिकी क्लबमा जाने

काठमाडौँ – वेल्सका कप्तान गारेथ बेल अमेरिकी फुटबल क्लब लस एन्जेलस एफसीमा जाने सम्झौता गरेका छन्। फ्रि ट्रान्सफरअन्तर्गत बेल मेजर लिग सकर (एमएलएस) टिम लस एन्जेलसमा आवद्ध हुने सम्झौता गरेका हुन्।

३२ वर्षीय फरवार्ड बेलले नौ वर्ष स्पेनिस क्लब रियल म्याड्रिडमा बिताएका थिए। पाँच पटकका च्याम्पियन्स लिग विजेता बेल इंग्लिस क्लब टोटनहम जाने चर्चा समेत थियो।

बेलले सामाजिक सञ्जालमार्फत अमेरिकी क्लब जाने बताएपनि लस एन्जेलसले भने उक्त कुराको पुष्टि नगरेको बीबीसीले जनाएको छ। 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×